दफा ४८
नेपाल व्यवसाय मञ्च सम्बन्धी व्यवस्था
(१) उद्योग व्यवसायसँग सम्बन्धित नीति एवं कानूनको प्रभावकारी कार्यान्वयन, समन्वय तथा सहजीकरण सम्बन्धी विषयमा सार्वजनिक र निजी क्षेत्रबीच नियमित संवाद एवं सहकार्यलाई प्रवर्द्धन गर्न, उद्योग व्यवसाय सञ्चालन र लगानी अभिवृद्धिमा आइपर्ने बाधा, अवरोध तथा समस्याको पहिचान गरी सरकारलाई आवश्यक सुझाव तथा सिफारिस गर्न, त्यस्ता सिफारिसहरुको कार्यान्वयन र अनुगमन गर्न सघाउन र सार्वजनिक एवं निजी क्षेत्रबीच नियमित, परिणाममुखी र पारदर्शी संवादका लागि संस्थागत आधार प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी नेपाल व्यवसाय मञ्चको गठन गर्न सक्नेछ।
(२) नेपाल व्यवसाय मञ्चको गठन, संरचना, काम, कर्तव्य र अधिकार तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) नेपाल व्यवसाय मञ्चको गठन, संरचना, काम, कर्तव्य र अधिकार तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।